अनुभव आदानप्रदान गर्न शुक्लागण्डकीका महिला उद्यमी पोखरामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    अनुभव आदानप्रदान गर्न शुक्लागण्डकीका महिला उद्यमी पोखरामा

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    दुलेगौडा : शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको टोलीले लेखनाथ र पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको अध्ययन भ्रमण गरेको छ ।

    अनुभव आदानप्रदान गर्नका लागि शुक्लागण्डकी महिला उद्यमी समितिकी सभापति तुलसीकुमारी श्रेष्ठ नेतृत्वको टोलीले लेखनाथ र पोखरा महिला उद्यमी समितीका पदाधिकारीसँग भेटघाट एवं अन्तरक्रिया गरेको हो ।

    लेखनाथ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी सभापति मेनुका श्रेष्ठले अध्ययन भ्रमणले धेरै कुरा सिक्न सकिने बताइन् । सो क्रममा निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको समेत अवलोकन गरिएको थियो ।

    भ्रमण अति नै फलदायी भयको र यस भ्रमणको अनुभवले शुक्लागण्डकीमा व्यवसायी गरिरहेका महिला उद्यमीलाई शसक्तीकरणका साथ पेशामुखी बनाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ महिला उद्यमी सभापति तुलसीकुमारी श्रेष्ठले बताइन् ।