कर्मचारीमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकीको सेवा प्रवाह स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कर्मचारीमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकीको सेवा प्रवाह स्थगित

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७८, सोमबार

    दुलेगाैडा : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिकाले भदौ १ गतेदेखि ४ गतेसम्म कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने र नगरपालिका कार्यालय जोखिममा रहेकाले सेवा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।