भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित भिमभैरव मोटरमार्ग अन्तरगत राङरुङ हटियामा तीन दिन सडक अवरुद्ध हुने भएको छ । उक्त सडकखण्डको राङरुङ हटियामा ढलान भइरहेकाले भदौ १ देखि ३ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे र चार पाङ्ग्रेम सवारी सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरपालिका अन्तरगतकै भिमकाली मार्गको जिदीखोला-वंशान खण्डको शेरामा सडक ढलान तथा कटिङ गरी फराकिलो बनाउन साउन २० देखि २९ सम्म बाटो बन्द गरिएको थियो ।
प्रतिकात्मक तस्वीर
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।