दुलेगाैडा : विश्वकै दुर्लभ रोगबाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सघाउन खैरेनी युवा क्लवले आर्थिक सहयोग गरेको छ । स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित बालकको उपचारमा सहयोग पु¥याउन क्लवले घरदैलोमार्फत् सङ्कलन भएको रकम बालकका आफन्तलाई हस्तान्तरण गरेको हो ।
घरदैलोबाट सङ्कलित ४४ हजार तीन सय ४० र के गाइजबाट ११ हजार दुई सय १५ गरी ५५ हजार ५ सय ५५ क्लवका अध्यक्ष सुरज थापाले बालकका हजुरबुबालाई हस्तान्तरण गरेका छन् । क्लवका निवर्तमान अध्यक्ष सुजित हिराचनले सबैको सहयोगले बालकको जीवन बचाउन सकिने बताए ।
बालकको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ ।