दुलेगाैडा : यहाँको एक वडाले कर्मचारी र टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम दिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ को कार्यालयले तालिम दिएको हो ।
आर्थिक बर्ष २०७८/७९ को योजना कार्यान्वयनकाे चरणमा रहेकाले क्षमता अभिवृद्धी तालिम दिईएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । ‘आर्थिक वर्ष शुरु भएको छ । योजना बाँडफाँड भईसक्यो । कार्यन्वयनको चरणमा छौँ । तसर्थ टोल विकास संस्थाका पदाधिकारी सहित वडाका जनप्रतिनिधि र कर्मचारीको क्षमता बढाएका छौँ’, उनले भने ।
समयमा योजनाको काम सक्न क्षतमा अभिवृद्धि तालिमले सघाउने उनको भनाई छ । गत वर्ष कोरोनाका कारण क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न नसकेको वडाले जनाएको छ । यसपाली कोरोनाको जोखिम भएपनि स्वास्थ्य मापदण्ड पालना गरेर प्रशिक्षण प्रदान गरेको जनाईएको छ । प्रशिक्षक शुष्मा पौडेल र सीता गिरीले सहजीकरण गरेका थिए ।