तरुण दल शुक्लागण्डकीका सभापतिद्वारा विभाग सदस्य अस्वीकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    तरुण दल शुक्लागण्डकीका सभापतिद्वारा विभाग सदस्य अस्वीकार

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७८, शनिबार

    दुलेगौडा : तरुण दल शुक्लागण्डकी नगर समितिका सभापति सिद्धान्त क्षेत्री (अनन्त फुयाल क्षेत्री) ले नेपाली काङ्ग्रेस शिक्षा विभागको सदस्य पद अस्वीकार गरेका छन् । उनले काङ्ग्रेस शिक्षा विभागको सुझाव सङ्कलन कार्यदल गण्डकी प्रदेशको सदस्य पद अस्वीकार गरेका हुन् ।

    क्षेत्रीलाई विभाग प्रमुख हरिप्रसाद नेपालले गत फागुन २८ गते उक्त पदमा मनोनित गरेका थिए । क्षेत्रीले शनिबार विज्ञप्ती सार्वजनिक गरेर एक व्यक्ति एक पद हुनुपर्छ भन्ने मान्यताका साथ उक्त पद अस्वीकार गरेको बताएका छन्।

    “हाल म शुक्लागण्डकी नगरपालिका तनहुँमा तरुण दलको नगर सभापतिको पदमा वहाल अवस्थामा नै रहेको छ,” उनले भने, “यसअघि पनि पार्टीको भूमिकामा रहिआएको र पार्टीका हरेक तह र तप्कामा एक व्यक्ति एक पद हुनुपर्छ भन्ने मान्यता राख्ने भएकोले एकै समयमा दुई पदको जिम्मेवारी वहन नगर्ने जानकारी गराउँदै विभागद्वारा मनोनित उक्त पद स्वीकार गर्न असमर्थ भएको अनुरोध गर्दछु।”