जामुनेफेदीमा बनाईयो सामुदायिक भवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जामुनेफेदीमा बनाईयो सामुदायिक भवन

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७८, सोमबार

    दुलेगौँडा : प्रगतिको आधार पूर्वाधार विकास बनेको छ । तसर्थ तीनै तहका सरकारको लगानी पनि पूर्वाधार विकासमा बढी देखिन्छ । पूर्वाधारमा पनि सडक र भवन निर्माणमा धेरै बजेट खर्च हुन्छ । गाउँ–गाउँमा सडक पुर्याउने र सामुदायिक भवन बनाउने ट्रेन्ड निकै चलेको छ । र यो आवश्यकता पनि देखिन्छ ।

    गाउँ–घरमा हुने कार्यक्रम, भेला र जमघटका लागि आवश्यक भएपछि शुक्लागण्डकी नगरपालिका–१२ जामुनेफेदीका स्थानीयले पक्की सामुदायिक भवन बनाईएका छन् । स्थानीयको भवन बनाउने सपनामा स्थानीय सरकार र प्रदेश सरकारले होष्टेमा हैसे थपिदिएपछि यहाँ सामुदायिक भवन बनाईएको हो ।

    वडा कार्यालयले अघिल्लो दुई आर्थिक वर्षमा ७ लाख ५ हजार रुपैयाँ दिएको निर्माण समितिका अध्यक्ष भुवन गुरुङले जानकारी दिए । पूर्वाधार विकास कार्यक्रममार्फत गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले ५ लाख रुपैयाँ उपलब्ध गराएकी थिईन् । आफूहरुले ४ लाख ३५ हजार रुपैयाँ बराबरको श्रमदान गरेको उनले बताए ।

    ‘गाउँमा एउटा सामुदायिक भवनको आवश्यकता थियो । बजेट नपुगेपछि प्रत्येक घरधुरीमा रकम उठायौँ । गाउँ–समाजमा गरेको सांस्कृतिक कार्यक्रमबाट उठेको १ लाख रुपैयाँ पनि खर्च गर्यौ’, उनले भने । अध्यक्ष गुरुङका अनुसार भवन निर्माणमा १८ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ ।

    नवनिर्मित भवनको गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले उद्घाटन गरेकी छन् । कोईरालाले उत्पादनसँग जोडिन स्थानीयलाई आग्रह गरिन् । उत्पादनमा लाग्ने युवालाई राज्यले समेत सहयोग गर्ने उनको भनाई छ ।

    सो अवसरमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङ, शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारी, माओवादी नेता विश्वजित गौतम लगायतले बोलेका थिए ।