१३ वर्षीया सिम्पलले गरिन् जन्मदिनमा उस्मानको उपचारमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    १३ वर्षीया सिम्पलले गरिन् जन्मदिनमा उस्मानको उपचारमा सहयोग

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, मंगलवार

    दुलेगौडा : ‘स्पाइनल मस्कुलर एट्रोफ्री'(एसएमए) रोग लागेर उपचारको प्रक्रियामा रहेका शुक्लागण्डकी-५ बेलचौताराका ९ महिने बालक मोहम्मद उस्मान अलीको लागि सहयोग रकम संकलन भइरहेको छ ।

    यसैक्रममा शुक्लागण्डकी-८ डहरेकी १३ वर्षीया बालिका सिम्पल श्रेष्ठले आफ्नो जन्मदिन उस्मानको उपचारमा सहयोग रकम हस्तान्तरण गरि मनाएकी छिन् । मङ्गलबारदेखि १३ वर्षमा प्रवेश गरेकी सिम्पल श्रेष्ठले जन्मदिनको अवसरमा ६ हजार ६ सय ६६ रूपैयाँ सहयोग प्रदान गरिन् ।

    “उस्मान बाबुको बारेमा फेसबुकमा देखेपछि छोरीले सहयोग गर्ने मन देखाईन्, थोरै रकम भएपनि उहॉहरुको परिवारमा परेको समस्या समाधानमा एकाकार हुने भावनाले सहयोग गर्न आएका हौ,” सिम्पलकी आमा मञ्जु श्रेष्ठले भनिन् ।

    उस्मानका हजुरबुवा हाजी साफीउल्लाह मियाँले सबैजनाको सानो-सानो सहयोगले पनि नातिको उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै जन्मदिनमा सहयोग गर्ने बालिकालाई धन्यवाद र शुभकामना व्यक्त गरे । “हाम्रो नातीलाई जस्तै रोग लागेकी नानी उपचारपछि निको भएकी छन्, उस्मानलाई पनि निको हुन्छ त्यसैले हातेमालोका लागि सबैसंग अनुरोध गरेका छौ,” मियाँले भने ।

    हाल काठमाडौं स्थित बालमैत्री अस्पतालमा रहेका बालकमा देखिएको “स्पाईनल मस्कुलर एट्रोफी (एसएमए) रोगको उपचार विधि नेपालमा उपलब्ध नभएकाले भारतको दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भइरहेको उस्मानका काका अलाउदिन मियाँले जानकारी दिए । उपचारमा प्रयोग हुने “जोल्जेन्स्मा” नामक औषधीलाई नेपाली २५ करोड रुपैयाँ भन्दा बढी पर्ने बताइएको छ।

    उपचार प्रक्रिया निकै खर्चिलो भएकाले उपचार रकम संकलनमा सहभागी भई सहयोग गर्न परिवार एंव् उस्मान बचाऊ अभियानले सबैमा अनुरोध गरेको छ ।
    सहयोग गर्न प्राईम बैंककाे खाता नम्बर 17200068A6 मा रकम जम्मा गर्न सकिने छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।