दुलेगाैडामा ७२ पिन्ट रगत संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    दुलेगाैडामा ७२ पिन्ट रगत संकलन

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, बुधबार

    दुलेगाैडा : बुधबार दुलेगाैडा बजारमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले रक्तदान कार्यक्रम गरेको हो । लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारी सहभागी भएर रक्तदान गरेको क्लब अध्यक्ष विष्णुबहादुर रानाले बताए ।

    उनका अनुसार ७२ पिन्ट रगत संकलन भएको छ । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुदाँ रगतको अभाव भएकाले क्लब रक्तदान कार्यक्रम गरेको उनको भनाई छ । ‘रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान आयोजना गरेका हौँ’, उनले भने ।

    कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले कोरोनाका कारण बिरामी अफ्ठ्यारोमा परेको बताए । अफ्ठ्यारोमा परेका बिरामीको जिवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उनको भनाई छ ।

    सो अवसरमा लायन्सको कलष्टर १४ का कलष्टर चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दिर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदिप थापा, जोन चियर पर्सन मिनबहादुर लामीछाने, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

    लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनलले अघिल्लो महिना दुलेगौँडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागी वृक्षारोपण गरेको थियो । पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन् । रक्तदान कार्यक्रम बढ्न थालेसंगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधरणमा बढ्न थालेको पाईन्छ ।