वाइसिएल देवघाटको अध्यक्षमा योगेन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    वाइसिएल देवघाटको अध्यक्षमा योगेन्द्र

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट : योङ्ग कम्युनिष्ट लीग (वाइसिएल) देवघाट गाउँपालिकाको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल देवघाटको दोस्रो सम्मेलनले गुरुङको अध्यक्षतामा कमिटी गठन गरेको छ ।

    सो भेलाबाट उपाध्यक्षमा रिमा गुरूङ र अमृत गुरुङ, सचिवमा उमेश आले, सहसचिवमा पदम गुरुङ र शुस्मा गुरुङ चयन भएका छन् । कमिटी ५१ सदस्यीय गठन भएको नेकपा माओवादी केन्द्र व्यास-१ का अध्यक्ष बादल आलेले जानकारी दिए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज हरिबहादुर चुमान, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य क्षितिज लामिछाने, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) तनहुँका अध्यक्ष ईश्वर बस्याल, जिल्ला सदस्यहरू एचबी मगर,बसन्त सदाशंकर र बादल आले,नेकपा माओवादी केन्द्र देवघाट गाउँपालिका कमिटीका अध्यक्ष भुवन सिं गुरुङ,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जयकृष्ण सुवेदी र भिम राना लगायतले सम्बोधन गरेका थिए ।