देवघाट : केही दिनदेखि परेको निरन्तर वर्षाका कारण नारायणी नदी बढ्दा तनहुँको देवघाटमा जलसतह सतर्कता नह नजिक पुगेको छ । निरन्तर परेको वर्षाका कारण नदी बढ्दा देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको हो ।
नारायणी नदी बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज रातिसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।