शुक्लागण्डकी : ‘स्पाइनल मस्कुलर एट्रोफ्री'(एसएमए) रोग लागेका शुक्लागण्डकी-५ बेलचाैताराका ९ महिने बालक मोहम्मद उस्मान अलीको उपचारका लागि सहयोग रकम संकलन हुने क्रम जारी छ । उस्मानको उपचार सहयोगार्थ लालीगुराँस टोलले नगद १० हजार हस्तान्तरण गरेको टोलकी सचिव आरती सुवेदीले जानकारी दिइन् ।
उस्मानलाई लागेको “एसएमए” रोगको उपचारमा प्रयोग हुने औषधीलाई नेपाली २५ करोड रुपैयाँ भन्दा बढी पर्ने बताइएको छ।
उस्मानको उपचारमा सहयोग गर्न चाहनेहरूलाई प्राईम बैंकको खाता नम्बर 17200068A6 मा रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ ।