पार्टी एकढिक्का नभएसम्म चुनाव जित्न सक्दैनौ : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    पार्टी एकढिक्का नभएसम्म चुनाव जित्न सक्दैनौ : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७८, शनिबार

    दुलेगाैडा : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताएका छन् । नेपाली काङग्रेस शुक्लागण्डकी नगरपालिका–५ मा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले पार्टीमा व्यक्ति हावी हुन नहुने बताए

    “व्यक्ति र समूहमा ध्यान दिन थालियो पार्टी एकढिक्का हुन सक्दैन, पार्टी एकढिक्का हुन नसके आगामी चुनाव जित्न सक्दैनौ, त्यसमा म स्पष्ट छु,” भण्डारीले भने। तनहुँमा ६ वटै सिट काङ्ग्रेसले हारेको बताउँदै भण्डारीले अबको चुनावमा सबै सिट जित्नका लागि काङ्ग्रेस कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए। “तनहुँका काङ्ग्रेसलाई मिलाएर लैजानुपर्छ, महाधिवेशनमा सबैलाई ठाउँ छ,” उनले भने, “काङ्ग्रेस रहे हामी रहन्छौ ।”

    पूर्वमन्त्री भण्डारीले जिल्लामा कुनै नेतासँग नजिक रहेकाहरुलाई वाइपास गर्न खोजिएको भन्दै आपत्ति जनाए। “मसँग कोही नजिक छन् भने उनीहरुसँग बोल्न पनि नखोज्ने प्रवृत्ति शुरु गरिएको छ, यो गलत छ, सबैलाई सङ्गठित गराएर अगाडी बढ्नुपर्छ,” भण्डारीले भने ।