देवघाट : केही दिनदेखि परेको निरन्तर वर्षाका कारण देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणी नदीले जलसतह सतर्कता पार गरेको छ । निरन्तरको झरीका कारण बाढी मापन केन्द्रमा आज दिउँसो ३ः३० बजे नदीले जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
नारायणी नदी बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।