भानुले पनि विद्यालय खुलाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुले पनि विद्यालय खुलाउने

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७८, सोमबार

    भानु : तनहुँको भानु नगरपालिकाले कोरोना कहरका कारण बन्द रहेका विद्यालय खुलाउन परिपत्र गरेको छ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गराउन नगरपालिकाले मङ्गलबारदेखि विद्यालय खुलाउन निर्देशन दिएको हो ।

    लकडाउनको अवस्थाका कारण विद्यालय बन्द भई बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन गई ठूलो शैक्षिक क्षति हुन गएको र हाल कोभिड संक्रमणको जोखिम न्यूनीकरण भएकाले विद्यालय खुलाउने निर्णय भएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।

    विद्यालय सञ्चालन, कक्षा तथा समय व्यवस्थापनकालागि सम्बन्धित विद्यालय व्यवस्थापन समितिले स्थानीय परिवेश अनुसार निर्णय लिन सक्ने उनले जानकारी दिए ।

    यसअघि जिल्लाका व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले पनि विद्यालय खुलाइसकेका छन् ।