ऑबुखैरेनी : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान पहिरो खस्दा उक्त खण्ड एकतर्फी मात्रै सञ्चालनमा थियो ।
ऑबुखैरेनी-४ डम्पिङमा पहिरो सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको प्रहरी कार्यालयले जनाएको छ ।