सुख्खा पहिराले राम्चेका १२ घर जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सुख्खा पहिराले राम्चेका १२ घर जोखिममा

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७८, बुधबार

    भानु : तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरा जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुख्खा पहिरा जाँदा घरहरु उच्च जोखिममा परेका हुन् ।

    बस्तीभन्दा माथिबाट सुख्खा पहिरा खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरा जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “दुर्घटनाको जोखिम रहेकाले ती घरका व्यक्तिहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,” तिमिल्सिनाले भने ।

    फाइल फाेटाे