शुक्लागण्डकीमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७८, बुधबार

    दुलेगौँडा : तनहुँमा मेसिनको फित्तामा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ बर्षीय केशव चौधरी रहेका छन् ।

    शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बुधबार विहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए ।

    स्थानीयले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जनाए । प्रहरी निरिक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आईरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।