फिरफिरेलाई बालमैत्री वडा बनाईने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    फिरफिरेलाई बालमैत्री वडा बनाईने

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेलाई बालमैत्री वडा बनाईने भएको छ । बालमैत्री वडा बनाउन वडा कार्यालयले बालहितकारी परियोजना नेपाल (सीडब्लुसीएन) सँग सम्झौता गरेको छ ।

    वडाध्यक्ष मनराज गुरुङले वडाको तर्फबाट र बालहितकारी परियोजनाको तर्फबाट अध्यक्ष गोविन्दराज पहारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बालमैत्री वडा बनाउन परियोजनाले वडामा तालिम, अभिमुखीकरण, स्थितीपत्र, आचारसंहिता, रणनिती बनाउन सहयोग गर्ने वडाध्यक्ष गुरुङले बताए ।

    स्थानीय तहबाट हुने बालमैत्री कार्यक्रममा एकरुपता ल्याउन नेपाल सरकारले जारी गरेको स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार वडालाई वालमैत्री वडा घोषणा गरिने उनको भनाई छ । बालमैत्री वडा घोषणाका अभियान सुरु भएको वडाध्यक्ष गुरुङ बताउँछन् । उनी भन्छन्, ‘अबको फागुनसम्म वडालाई बालमैत्री घोषणा गरिनेछ ।’ बाल मृत्युदर घटाउने, बाल विकास, बाल संरक्षण र बाल सहभागीता लगायत ५१ सुचक पूरा गर्नुपर्ने हुन्छ ।