तनहुँ : नेपाली काङ्ग्रेसको वडा अधिवेशनमार्फत् तनहुँको ऋषिङ गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबार भएको अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् । ८ वडामध्ये एउटा सभापतिमा महिला चयन भएकी छन् ।
वडा नम्बर १ को सभापतिमा सविना राना, वडा नम्बर २ मा खेमबहादुर राना, ३ मा दुर्गबहादुर राना, ४ मा प्रेमकुमार श्रेष्ठ, ५ मा केशर थापा, ६ मा दानबहादुर आले, ७ मा दुर्गाबहादुर थापा र ८ मा भरतकुमार श्रेष्ठ चयन भएका छन् ।