दुलेगाैडा : नेपाल कम्युनिष्ट पार्टी एमाले शुक्लागण्डकी नगरपालिका–१ को कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले तनहुँका सचिवालय सदस्य रामचन्द्र उपाध्यायले वर्तमान समयमा पार्टीमा देखिएको समस्याले यस वडामा कतिपनि प्रभाव नपारेकोमा खुशी व्यक्त गरे ।
उनले सबै सङ्गठित सदस्यहरू नेकपा एमालेको मुल प्रवाहमा रहेको पाउँदा आफूलाई खुशी लागेको बताए । नेकपा एमालेको आगामी कार्यदिशा आम कार्यकर्ता तथा जनताहरूलाई कसरी उत्पादन मुलक कार्यमा जोड्न सकिन्छ ? त्यसबारे अहिलेबाट नै योजनाबद्ध तरिकाले लाग्न उनले आग्रह गरे ।
वडा कमिटी अध्यक्ष मन बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला समिति सदस्य रूद्र प्रसाद पौडेल, नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिना, नगर सचिव रघुनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका सचिव तिर्थराज ढकाल, एमाले जिल्ला समिति पूर्व सदस्य सुरज गुरूङ, तनहु पोखरा सम्पर्क समाज सदस्य बलराम गिरी, अनेरास्ववियु तनहुँ जिल्ला आयोजक कमिटी सहसंयोजक विशाल ढकाल ‘लेनिन’ लगायतले बोलेका थिए ।