दुलेगाैडा : नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले १२ वटै वडामा जिम्मेवारी तोकेको छ । सोमबार बसेको नगर कमिटीको बैठकले जिम्मेवारी तोेकेको हो । अधिकांश वडामा कमिटी विस्तार गर्दा अध्यक्ष र सचिव चयन भईसकेका थिए ।
बाँकी केही अध्यक्ष र सचिव चयन गर्न बाँकी थियो । सबै वडामा इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएको नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ को इञ्चार्ज भोजराज बराल, अध्यक्ष तारामान विक र सचिव दिनेश भण्डारी भएका छन् ।
वडा नम्बर २ को इञ्चार्जमा खेम गुरुङ, अध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा सन्तोष श्रेष्ठ, ३ को इञ्चार्ज बुद्धि कार्की, अध्यक्ष दिपक सापकोटा, सचिव सुमन आले, ४ मा इञ्चार्ज राजु राना, अध्यक्ष ओम श्रेष्ठ, सचिव विजय गुरुङ, ५ को इञ्चार्ज पहलसिंह विक, अध्यक्ष मित्रबन्धु पौडेल र सचिवको जिम्मेवारी लालबहादुर भण्डारीले पाएका छन् ।
वडा नम्बर ६ मा इञ्चार्ज श्रीराम अधिकारी, अध्यक्ष विष्णुबहादुर परियार, सचिव पदमराज बराल भएका छन् । ७ को इञ्चार्जमा वुद्धीबहादुर खत्री, अध्यक्ष मोतिराज गुरुङ, सचिव कृष्ण पौडेल, ८ को इञ्चार्ज भद्रबहादुर थापा, अध्यक्ष रामेश्वर भट्टराई, सचिव मिलन महत, ९ को इञ्चार्ज रणबहादुर विक, अध्यक्ष विशाल केसी, सचिव पोषबहादुर विक, १० को इञ्चार्ज याम खाँण, अध्यक्ष राजेन्द्र भट्टराई, सचिव कमलकान्त पौडेल, ११ को इञ्चार्ज जिवन पोखरेल, अध्यक्ष नारायण सिग्देल, सचिव राजु भण्डारी र १२ नम्बर वडाको इञ्चार्ज बलभद्र गौतम, अध्यक्ष पुर्णप्रसाद गुरुङ र सचिवको जिम्मेवारी टुकबहादुर गुरुङले पाएका छन् ।
नगर कमिटीले जनवर्गीइ संगठन वाईसिएल, अनेरास्ववियु क्रान्तिकारी, मजदुर संगठन, दलित मुक्ति मोर्चा, अखिल नेपाल महिला संघ क्रान्तिकारी, शिक्षक संगठन, गणतान्त्रिक खेलकुद संगठन, अखिल नेपाल किसान संगठन, वृद्धिजीवि संगठनको पनि जिम्मेवारी तोकेको छ । यस्तै कात्तिक ६ गते पार्टीको नगर भेला आयोजना गर्ने निर्णय भएको गुरुङले बताए । त्यसका लागी असोज १० मा सेल टोल भेला, असोज २० मा वडा भेला सम्पन्न गर्ने निर्णय समेत भएको छ ।