दुलेगाैडा : तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ बेलचाैतारास्थित जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्रलाई एक थान भेन्टिलेटर प्राप्त भएकाे छ । नेपाल चीन जनमैत्री सङ्घकाे सक्रृयतामा उपचार केन्द्रलाई उक्त भेन्टिलेटर सहयाेग गरिएकाे हाे ।
चीनकाे ग्वान्जाओ प्रान्त सरकारबाट उपलब्ध उक्त भेन्टिलेटर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अस्पतालका प्रशासक प्रदीप पाैडेललाई हस्तान्तरण गरे ।
सो अवसरमा सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पोखरा महानगरपालिकासँग भगिनीसम्बन्ध गाँसेका ग्वान्जाआले विभिन्न समयमा सहयोग गर्दै आएको जानकारी दिए ।