दमौली : भानु नगरपालिका कार्यपालिका सदस्य देव भुजेलले आफूलाई नेकपा एमालेले अपहरण गरेको भन्ने खबर झुटा रहेको बताएका छन् । भानु-१२ का वडाध्यक्ष विमल गुरुङ र आफूलाई एमालेले अपहरण गरेको समाचार केही सञ्चारमाध्यमले प्रकाशन गरेको भन्दै उनले सो कुरा झुटो भएको उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न नआएपछि उनीहरु अपहरित भएको खबर सार्वजनिक भएको थियो । बुधबार सामाजिक सञ्जाल मार्फत् भुजेलले भनेका छन्, “हामी शकुसल छौ ।”