भिमाद : नेकपा एमाले भिमाद नगर कमिटीले भदौ २७ गते दमौलीमा हुने जिल्ला भेलामा धेरै भन्दा धेरै कार्यकर्ता सहभागी गराउने भएको छ । बिहीबार सम्पन्न नगर कमिटीको बैठकले जिल्ला भेलामा उल्लेख्य कार्यकर्ता सहभागी गराउने निर्णय गरेको हो ।
बैठकले सदस्यता नवीकरणको काम छिट्टै सम्पन्न गर्ने निर्णय समेत गरेको नगर कमिटी अध्यक्ष इमान बहादुर थापाले जानकारी दिए ।
बैठकमा एमाले जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज धर्म खनाल, भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।