शुक्लागण्डकी–८ मा विवाद मिल्यो, विपेन्द्र बने वडा सभापति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    शुक्लागण्डकी–८ मा विवाद मिल्यो, विपेन्द्र बने वडा सभापति

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–८ मा झण्डै दुई सातापछि विवाद मिलेर नेपाली कांग्रेसको वडा समिति चयन भएको छ । बिहीबार वडाको नेतृत्व सहमतिमै चयन भएको हो ।

    मो रस्साकस्सीपछि वडा सभापतिमा विपेन्द्र सेन ठकुरीले बाजी मारेका छन् । बिष्णुप्रसाद पोखरेल र नमराज बानियाँ उपसभापति, बालकृष्ण विक र केशवराज श्रेष्ठ सचिव, शिर्षक भट्टराई र हेमराज भट्टराई सहसचिव बनेका छन् ।

    यसैगरी क्षेत्रीय प्रतिनिधिमा खुलातर्फ महेश्वर भट्टराई, माधव भट्टराई, कृष्णप्रसाद रेग्मी, प्रकाश विक, ऋषिराम महत, सिद्धान्त क्षेत्री, राजु मल्ल, लोकबहादुर गुरुङ, तेजप्रसाद सिग्देल, रोमबहादुर सिं ठकुरी, कमल भट्टराई, जेजुराम पोखरेल, सुशील रेग्मी र सागर लामिछाने चयन भएका छन् ।

    त्यस्तै खुल्ला महिलातर्फ चन्द्रकला भट्टराई, सरस्वती गौतम, जमुनादेवी भण्डारी, डम्बरकुमारी भट्टराई, सीता महत, सुमित्रा बस्नेत, इन्दिरा भट्टराई, खस आयतर्फ कृष्णप्रसाद भट्टराई, राजु महत, मिनप्रसाद पौडेल, खसआर्य महिलातर्फ टिकामाया पौडेल, तेजकुमारी भट्टराई, आदिवासी जनजातितर्फ विलबहादुर गुरुङ, कृष्णबहादुर कुमाल, ताराबहादुर थापा, लोकबहादुर थापा, आदिवासी जनजाति महिलातर्फ भेषमाया थापा, मन्जु श्रेष्ठ, विन्दु गुरुङ, दलिततर्फ श्रीप्रसाद बसेल, दलित महिलातर्फ सिर्जना विक र अपाङ्गतातर्फ बालकुमारी रेग्मी चयन भएका छन् ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १८ भदौमा विवाद भएपछि वडा अधिवेशन स्थगित भएको थियो । यो वडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको क्रियाशिल सदस्यता रेहको वडा पनि हो । वडामा पौडेल पक्ष र संस्थापन देउवा पक्षको नेताको विवादले निर्वाचन सामग्री समेत जफत भएको थियो । योसंगै तनहुँका ८५ वडामै वडा अधिवेशन सम्पन्न भएको छ । २० भदौसम्म ८४ वडामा सकिएको थियो ।