देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७८, शनिबार

    देवघाट : कोरोना संक्रमितको उपचार गर्नको लागि तनहुँको देवघाट गाउँपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ। गाउँपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो।

    गाउँपालिका भित्र पछिल्लो समय कोरोना संक्रमणको प्रभाव अत्यन्त न्युन हुँदै गएको र भएका संक्रमितहरुलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

    अस्पताललाई हाल बन्द गरि अन्य प्रयोजनमा ल्याउने र फेरि संक्रमितको संख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनः सञ्चालन गरिने थापाले बताए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पिसिआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन टेष्ट गर्ने तयारी गरिएको छ ।

    गाउँपालिकामा हालसम्म ५ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको र एन्टिजेन विधिबाट १ सय ५३ जनाको परीक्षण गर्दा ६ जना महिला र ९ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए।