आँबुखैरेनी : आँबुखैरेनी गाउँपालिकाले रेविज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । रेविज दिवसका अवसरमा गाउँपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाले भदौ १२ र १३ गते रेविज खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि ६ वटै वडामा प्राविधिक खटाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । हरेक वर्ष सेप्टेम्बर २८ मा रेविज दिवस मनाउँदै आइएको छ । विश्वभर महामारी रोगको रुपमा रहेको रेविजको नियन्त्रणका लागि गाउँपालिकाले वर्षेनी कुकुर तथा बिरालोलाई खोप लगाउँदै आएको छ ।