युवा संघ भिमाद–२ मा मदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    युवा संघ भिमाद–२ मा मदन

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७८, शुक्रबार

    भिमााद : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको भिमाद नगरपालिका–२ मा वडा कमिटी गठन गरिएको छ । बिहीबार भएको भेलाले मदन थापाको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।

    एक सय एक सदस्यीय कमिटीको उपाध्यक्षमा कृष्णबहादुर थापा, सचिवमा नविन राना, सहसचिवमा करिष्मा कुमाल चयन भएका छन् । कोषाध्यक्षमा संगम थापा र सहसचिवमा समिल थापा चयन गरिएको हो ।

    भेलालाई सम्बोधन गर्दै भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले पार्टीलाई बलियो बनाउने भुमिका युवा संघले खेल्नुपर्ने बताए । सो अवसमार राष्ट्रिय युवा संघका स्थायी सदस्य एवम गण्डकी प्रदेशका सचिव विकास अधिकारी, भिमाद नगरपालिकाकी उपमेयर शारदा खनाल, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष ईमानबहादुर थापा, राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष उज्जवल खनाल लगायतले बोल्दै पार्टीलाई अगामी चुनावमा पनि पहिलो पार्टी बनाउनेमा जोड दिएका थिए ।