दुलेगौडा : नेपाली काङ्ग्रेसका युवा नेता कृष्णप्रसाद रेग्मीले शुक्लागण्डकी नगरपालिकाको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार हुने नगर अधिवेशनमा रेग्मीले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
रेग्मीले अग्रजको सम्मान गर्दै काङ्ग्रेसलाई बलियो बनाउन आफू उम्मेदवार हुन लागेको बताए । “युवाको जोश जॉगर परिचालन गर्दै अग्रजको अनुभव लिएर पार्टीलाई बलियो बनाउने मेरो पहिलो प्राथमिकता हो,” उनले खबरपुञ्जसँग भने ।
काङ्ग्रेस शुक्लागण्डकी-८ का निवर्तमान सभापति र वडाध्यक्ष समेत रहेका रेग्मीले आफूले जित्नेमा ढुक्क रहेको बताए ।