भिमाद : नेपाली काङ्ग्रेस भिमाद नगर समितिको अधिवेशन स्थगित भएको छ । १४ औ महाधिवेशन अन्तरगत शनिबार हुने अधिवेशन स्थगित भएको हो ।
सहमतिका लागि अधिवेशन स्थगित गरिएको नेपाली काङ्ग्रेसले जनाएको छ । भिमादको नगर सभापतिमा रामकृष्ण राना र अर्जुन श्रेष्ठ दावेदार छन् । अन्य पदमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको छ ।