नेपाल दक्षिणपन्थी दिशामा लागे : राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    नेपाल दक्षिणपन्थी दिशामा लागे : राना

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७८, शनिबार

    घिरिङ : नेकपा एमालेका केन्द्रीय सदस्य एक बहादुर रानाले माधव नेपाल दक्षिणपन्थी दिशामा लागेको आरोप लगाएका छन् । नेकपा एमाले घिरिङ गाउँ कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रानाले विदेशीको इशारामा नेपालले पार्टी फुटाएको बताए ।

    उनले जनता र जनजीविकाको पक्षमा लाग्ने नेपालमा एमाले बाहेक अरु कुनै पार्टी नभएको बताए । सरकार चलाउन देउवा पूर्णत असफल भैसकेको उनको दावी थियो

    कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा सङ्घीय संसद केदार सिग्देलले केपी ओली प्रधानमन्त्री हुँदा संविधान जलाउने तथा बन्दुक उठाउने सि.के रावत, नेत्र बिक्रम चन्दलाई समेत शान्ति प्रक्रियामा ल्याउने काम भएकाे बताए ।

    उपसचिव विष्णुभक्त सिग्देलले एमाले व्यक्तिकाे पार्टी नभई श्रमजीवि जनताको पार्टी भएको हुँदा व्यक्तिकाे पछि नलाग्न आग्रह गरे । जिल्ला सचिवालय सदस्य होम थापाले घिरिङमा पार्टी संगठन बलियो भएको र सबै एमालेमा रहेको बताए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य आरके पोख्रेलले लाखौं विद्यार्थीहरु युवाहरु फुटको पक्षमा नभएको बताउदै घिरिङ हिजो, आज र भोलि लालकिल्ला थियो र लाल किल्ला रहने दावी गरे ।