भानु : नेपाली काङ्ग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सॉझ सार्वजनिक मतपरिणाम अनुसार नवीनराज दाहाललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले एक सय ३९ मत ल्याउँदा दाहालले एक सय २५ मत प्राप्त गरेका छन् । कूल दुई सय ७५ मतदाता रहेकामा दुई सय ७१ मत खसेको थियो ।
उपसभापतिमा उर्मिला पन्त एक सय ४१ र राजन श्रेष्ठ एक सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।
सचिवमा सीताराम बानिया एक सय ३६ र दिपेन्द्र अधिकारी एक सय २६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कृष्ण घिमिरेले ९८ र सुजन थपलियाले एक सय १७ मत प्राप्त गरेका छन् ।
सहसचिवमा सुदिप केसीले एक सय ५७ र नवीन रानाभाटले एक सय २६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी घनश्याम सापकाटोले ९४ र रमेश लौडारीले ८१ मत प्राप्त गरेका छन् ।