देवघाटका दलित तथा अल्पसंख्यक समुदायलाई फिल्टर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटका दलित तथा अल्पसंख्यक समुदायलाई फिल्टर

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७८, सोमबार

    देवघाट : तनहुँको देवघाट गाउँपालिका-५ का दलित तथा अल्पसङ्ख्यक समुदायलाई फिल्टर प्रदान गरिएको छ ।

    रोटरी क्लब अफ नारायणगढ,रोटरी क्लब अफ रत्ननगर,रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ कावासोतीले दुई सय ५४ घरधुरीलाई फिल्टर सहयोग गरेको हो ।

    रोटरी क्लवका नारायण प्रधानले रोटरी भनेको आफ्नो स्वार्थलाई अन्त्य गरि अरूको सामु गरिने सेवा हो भन्दैँ सेवा गर्ने भावले देवघाटमा फिल्टर वितरण गरिएको बताए।

    कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष निराजन खनालले दलित पिछडिएका र अल्पसंख्यक जातिलाई सहयोग गर्नु पाउदाँ मनमा शान्ति मिलेको बताए ।

    अशुद्ध पानीको कारणले विभिन्न रोगहरू निम्त्याउने टाइफाइड जस्ता समस्याहरूको उत्पन्न गर्ने भएको हुदाँ अबका दिनहरूमा फिल्टरको प्रयोग गरेर यस्ता समस्याहरू न्युनिकरण हुने रोटरी क्लब अफ गैडाकोट अध्यक्ष डा. प्रमोद पौडेलले बताए।