ऋषिङ : नेपाली काङ्ग्रेस ऋषिङको सभापतिमा तिलबहादुर थापा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा ९५ मत प्राप्त गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।
त्रिपक्षीय भिडन्तमा थापाले बाजी मारेका हुन् । सभापतिका प्रत्यासी भोजराज रानाभाटले ३८ र दानबहादुर श्रेष्ठले १२ मत प्राप्त गरेका छन् । सभापतिमा पराजित रानाभाट वडाध्यक्ष हुन् भने श्रेष्ठ गाउँपालिकाका कर्मचारी हुन् ।
सचिवमा विजय दरै र सुरज कुमार श्रेष्ठ विजयी भएका छन् । दरैले १११ र श्रेष्ठले ७९ मत प्राप्त गरेका छन् । सचिवका प्रत्यासी शुभसन प्रयास रानाले ५२ र लालबहादुर आलेले २५ मत प्राप्त गरेका छन् । अन्य पदहरुमा भने यसअघि नै सर्वसम्मत भइसकेको छ ।
शनिबार आयोजित अधिवेशन १२ मत खसेपछि स्थगित भएको थियो । युवाहरुको केही समूहले सहमतिमा नेतृत्व चयन हुनुपर्ने भन्दै मतदानमा अवरोध गरेका थिए । निर्वाचन समितिले सोमबार दिउँसोसम्मका लागि सहमतिको समय दिएको थियो । यसबीचमा सहमति नभएपछि मतदानबाट नेतृत्व टुङ्गो लगाइएको हो ।
ऋषिङ सहित जिल्लाका नौ पालिकामा काङ्ग्रेसको अधिवेशन सकिएको छ । अब भिमादमा मात्रै अधिवेशन हुन बॉकी छ ।
व्यासमा सूर्यचन्द्र हड्खले, बन्दिपुरमा कर्ण खत्री, भानुमा रामकुमार श्रेष्ठ, देवघाटमा तिलबहादुर थापा, ऑबुखैरेनीमा विष्णु पन्त, म्याग्देमा रामभक्त घिमिरे, शुक्लागण्डकीमा गोपीबहादुर गुरुङ र घिरिङमा याम थापा सभापतिमा निर्वाचित भएका छन् ।