भानुको अनियमितताको सम्पूर्ण विवरण सार्वजनिक गर्न नेकपा एसको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुको अनियमितताको सम्पूर्ण विवरण सार्वजनिक गर्न नेकपा एसको माग

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७८, शुक्रबार

    दमौली : नेकपा एकीकृत समाजवादी भानु नगर कमिटीले भानु नगरपालिकामा भएका आर्थिक अनियमितताका विवरण सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै सो पार्टीले भानुमा आर्थिक अनियमितताका धेरै विषय सार्वजनिक भएकाले त्यसको विवरण सार्वजनिक गर्न माग गरेको हो ।

    “यस नगरपालिकासित महालेखा परीक्षकको कार्यालयले तयार पारेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक अनियमितताको विषयलाई विवरण सहित सार्वजनिक गरियोस्‌ । सो अनियमितता भएको सम्पूर्ण रकम सम्बन्धित व्यक्तिहरुबाट अविलम्ब असुल उपर गरियोस्,” विज्ञप्तीमा भनिएको छ।

    नगरपालिकाको नगरसभाबाट नै नगरपालिका र सबै वडाहरुमा नियमित रुपमा चार / चार महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम राख्ने निर्णय भएपनि कार्यान्वयन नभएकाले सार्वजनिक सुनुवाई गर्न माग गरिएको छ।

    “ नगरपालिकाको व्यवहारका कारण जनताका मनमा धेरै आशंकाहरु उब्जिएका छन्‌ । नगरपालिका र वडाहरुमा भएका सबै आम्दानी खर्च साथै विकास निर्माणका कामहरुको पूर्ण विवरण समेटी नियमित रुपमा सार्वजनिक सुनुवाईको कार्यक्रम सञ्चालन गरियोस्‌,” पार्टीका नगर अध्यक्ष ऋषिराम पन्त र सचिव गोविन्द अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।