दमौली : व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने गण्डकी प्रदेश साक्षर घोषणा समितिको मूल समारोह समितिको सदस्यमा मनोनित भएका छन् ।
प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले न्यौपानेलाई मूल समारोह समितिको सदस्यमा मनोनित गरेको हो ।
समितिको मूल संयोजक मन्त्री मेखलाल श्रेष्ठ छन्। प्रदेशको भदौ ३० को बैठक अनुसार प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको छ ।