म्याग्दे: तनहुँकाे म्याग्दे गाउँपालिका-५ काे नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ । कार्यलयकाे बिहीबार एक कार्यक्रमका बीच गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन्।
कार्यक्रमलाई सम्बाेधन गर्दै रानाले गाउँपालिकामा सबै विषय शिर्षकमा समानुपातिक तवरले बजेट वितरण गरिएको बताइन् । अध्यक्ष रानाले चुनावमा जनतालाई दिएको वचन आफ्नाे पालामा पूरा गरेको महशुस भएको भन्दै त्यो मुल्यांकन गर्ने अधिकार जनताको भएको बताइन् ।
वडा नं ५ काे विकासकाे कुरा गर्दा आमा समुहको भवन बनाउनेदेखि पिच र स्वास्थ्य चाैकी निर्माणसँगै पुलहरू बनाउन सफल भएको रानाले बताइन् ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे स्थापनाकाे इतिहास आफैमा गाैरव भएकाे बताउँदै भने, “हामी जनप्रतिनिधि भएर आउँदा रित्तो हात आएका थियौं , कार्यालयदेखि कानुन केही पनि थिएन, त्यसलाई पूरा गर्न समय लाग्दापनि विकासका काममा सुरुका वर्षमा केही ढिला भएकाे हाे की भन्ने महशुस भएकाे थियाे ।”
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सिंहदरबारको अधिकार गाउँमा भनेको नैँ वडा कार्यलय बन्नु र सेवा दिनु भएकाे बताए । ८४ लाख २७ हजार १ सय ३२ काे लागतमा वडा कार्यालय भवन निर्माण भएकाे उनले जानकारी दिए ।