व्यासले सार्वजनिक निजी साझेदारीका योजना अगाडी बढाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले सार्वजनिक निजी साझेदारीका योजना अगाडी बढाउने

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७८, शुक्रबार

    दमाैली : व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारीका योजना अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले मानुङकोट, नारेश्वर ताल लगायतका पर्यटकीय प्रबद्र्धनका योजनालाई अगाडी बढाउन कार्यालयलाई निर्देशन दिएको छ । मानुङकोटमा पूर्वाधार निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

    बैठकले व्यास नगरपालिकाभित्रका क्रिश्चियन धर्मावलम्बीहरुको समाधिस्थलको व्यवस्थापन गर्न वडाध्यक्ष एवं नगरप्रवक्ता मोहनकुमार श्रेष्ठको अध्यक्षतामा संयोजन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास नगर कोभिड अस्पताल सञ्चालन कार्यविधि, २०७८ र एम्बुलेन्स सञ्चालन कार्यविधि, २०७८ मा संशोधन प्रस्ताव पारित गरेको छ । यसैगरी नगरपालिका अन्तर्गतका टोल संस्थाहरु, उपभोक्ता समितिका पदाधिकारीलाई योजना निर्माण र कार्यान्वयन सम्बन्धमा वडासँग समन्वय गरी प्रशिक्षण दिन पूर्वाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।