घरेलु मैदानमा पीएसजीको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    घरेलु मैदानमा पीएसजीको सहज जित

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७८, शनिबार

    एजेन्सी : फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले जित निकालेको छ।

    पीएसजीको मैदानमा उसले पाहुना टोली एन्जर्सविरुद्ध २-१ गोलको जित निकालेको हो। पीएसजीको जितका लागि ड्यानिएलो परेरा र केलियन एम्बाप्पेले गोल गरेका थिए।

    यता खेलको ३६ औं मिनेटमा एन्जर्सका एन्जेले फुल्गिनीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा पीएसजी एक गोलले पछि पर्यो।

    खेलको ६९ औं मिनेटमा परेराले गोल गरेर खेललाई बराबरी गरे पनि एम्बाप्पेले ८७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे यससँगै दोस्रो हाफमा पीएसजीले पुनरागमन जित निकाल्यो। 

    त्यो गोलसँगै २-१ को अग्रता बनाएर पीएसजीले जित निकालेको हो। जितसँगै उसले १० खेलबाट २७ अंक बनाएको छ। पीएसजीले अहिलेसम्म एक खेलमा मात्र हार बेहोरेको छ। यता गएराति पराजित एन्जर्स भने १६ अंकका साथ चौथौ स्थानमा छ।