


दमाैली : तनहुँका विभिन्न ठाउँबाट हिमालका मनोरम दृश्य देखिन थालेका छन् । जिल्लाका विभिन्न ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ लगायतका हिमाल देख्न सकिन्छ । विशेषगरी चिसो मौसमको सुरुवातसँगै तनहुँका अधिकांश ठाउँबाट मनमोहक हिमालका दृश्य देख्न सकिन्छ ।




