वैकल्पिक केन्द्रीय सदस्यमा राखिएपछि कलिलाको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैकल्पिक केन्द्रीय सदस्यमा राखिएपछि कलिलाको गुनासो

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, सोमबार

    दमाैली : नेकपा एकीकृत समाजवादीकी नेतृ कलिला खानले वैकल्पिक केन्द्रीय सदस्यमा घटुवा गरिएपछि गुनासो गरेकी छन् । नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गर्दा केन्द्रीय सदस्य रहेकी खानले हालै मात्र वैकल्पिक केन्द्रीय सदस्य बनाइएपछि गुनासो गरेकी हुन् ।

    वैकल्पिक केन्द्रीय सदस्य बनाइएकोमा सामाजिक सञ्जालमार्फत् गुनासो व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी खानले भनिन्, “पार्टी दर्ता गर्ने बेलामा सनाखत गर्दा म केन्द्रीय कमिटी सदस्य, अहिले फेरि म वैकल्पिकमा किन पुगे ? ।” एमाले हुँदा चार पटक जिल्ला कमिटी सदस्य र अनेमसङ्घको उपाध्यक्ष भएर काम गरेको भन्दै खानले केन्द्रीय कमिटी सदस्यमा लायक नभएको भए पार्टी दर्ता गर्दा किन केन्द्रीय सदस्य राखियो भनेर प्रश्न गरेकी छन् ।

    “जिल्लाका कार्यक्रममा पनि केन्द्रीय सदस्य भनियो, यो सम्मान हो की अपमान,” उनले भनेकी छन्, “गलत प्रवृत्तिको विरोध गर्दै आएको मान्छे हुँ, आज पनि गलतलाई गलत भन्ने हैसियत राख्छु ।”