काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको सोमबार निरीक्षण गरेका छन् ।
आइतबार मन्त्रालयमा कार्यरत श्रमिकको गुनासो सुनेर काम सुरु गरेका मन्त्री श्रेष्ठले सोमबार दुई कार्यालयको निरीक्षण गरेका हुन् । सोक्रममा मन्त्री श्रेष्ठले जनताले पाउने सेवा सुविधा चुस्त दुरुस्त बनाउन निर्देशन दिए ।