राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, सोमबार

    काठमाडौ : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीलाई पाँच-पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपमा सहभागी प्रत्येक खेलाडीलाई पाँच लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। खेलाडीको सम्मान स्वरुप नगद सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फूटबल टोलीका प्रशिक्षकलाई तीन लाख दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

    यसअघि पर्वतको कुस्मा नगरपालिकाले राष्ट्रिय फूटबल टोलीलाई दुई लाख दिने निर्णय गरेको थियो। मेयर रामचन्द्र जोशीले पुरस्कारस्वरुप दुई लाख दिने घोषणा गरेका हुन्।

    नेपाली फूटबल टोली सोमबार नै स्वदेश फर्किएको छ। मालदिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।