मातहत कार्यालय निरीक्षणमा श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मातहत कार्यालय निरीक्षणमा श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७८, मंगलवार

    काठमाडाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालय मातहतका कार्यालयको निरीक्षणलाई तीव्रता दिएका छन् । मन्त्री श्रेष्ठले मङ्गलबार वैदेशिक रोजगार विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निरीक्षण गरेका हुन् ।

    ती कार्यालयले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी लिने उद्देश्य सहित मन्त्री श्रेष्ठले निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले श्रमजीवि वर्ग र जनतालाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए । उनले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

    यसअघि सोमबार मन्त्री श्रेष्ठले सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको निरीक्षण गरेका थिए ।