बझाङ पहिरोमा दुई परिवारका २३ जना बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङ पहिरोमा दुई परिवारका २३ जना बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७८, मंगलवार

    काठमाडौं । बझाङको थलारा गाउँपालिका डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँपालिकाको  डिख्ला वडा नं ४ मा मंगलबार बिहान ४ बजे भीषण पहिरो गएको थियो ।

    गाउँ नै बगाउने गरी ढोगदिना भन्ने ठाँउबाट पहिरो  झरेको थियो । जुन पहिराेले डिख्ला र दुई गाँउका बासिन्दा विस्थापित भएका छन् । पहिरोले ७ घर पुरिंदा २३ जना बेपत्ता भएका हुन् । यसरी बेपत्ता हुनेमा दुई घरका २३ हुन् । जसमा गगने शार्कीको परिवारका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । 

    यसरी बेपत्ता हुनेमा भूमिका, चिरञ्जीवी, इस्सरा, संजीव, सविता, सरोज, हर्कु, धनगिरी, सीता, प्रवाश, शर्मिला, पम्फा, सुवाश, विकास, एक जना नाम नखुलेका छन् । त्यस्तै मदन शार्की, कलुदेवी शार्की र एलिसा शार्की पनि बेपत्ता भएका छन् । 

    गगने शार्की रोजगारीको सिलसिलामा भारतमा छन् । पहिरो सिंगो परिवार बेपत्ता हुँदा गगनेका माइला छोरा भने सकुशल रहेको बताइएको छ । गगनेका छाेरा मात्रै सम्पर्कमा अाएकाे प्रहरीले जनाएकाे छ । 

    नरे पार्कीका घरका उजली, आयुष, हिमा, सीमा पार्की बेपत्ता भएका छन् । पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि एक सयभन्दा बढी परिवार विस्थापित भएका हुन् । 

    sharethis sharing button