डोटीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डोटीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७८, बुधबार

    डोटी : डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार बेलुका पहिरोमा पुरिएर मृत्यु भएको हो ।

    स्थानीय बासिन्दा रेखा शर्माका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन् । छोरा रमेश भने गम्भीर घाइते रहेको बताइएको छ । 

    त्यस्तै हिजो नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोके मृत फेला परेका छन् । उनी घरदेखि १०० मिटर तल फेला परेका थिए । योसँगै डोटीमा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

    त्यसैगरी आदर्श गाउँपालिको वडा नम्बर ६ बगिनागाउँका २५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीय हर्क बोहराले जानकारी दिएका छन् । विस्थापितहरूले बबिना माविमा आश्रय लिएका छन् ।