श्रममन्त्री श्रेष्ठद्वारा श्रम कार्यालय बुटवलको निरीक्षण, सेवाग्राहीसँग छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठद्वारा श्रम कार्यालय बुटवलको निरीक्षण, सेवाग्राहीसँग छलफल

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७८, बुधबार

    बुटवल : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले श्रम तथा रोजगार कार्यालय बुटवलको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीसँग छलफल समेत गरेका छन् ।

    कार्यालयमा आएका एक सेवाग्राहीले श्रम स्वीकृतीका लागि हप्ता दिनसम्म पालो कुनुपर्दा समस्या भएको बताए । उनले दिनमा ५०÷६० जनाको मात्रै श्रम स्वीकृती हुने गरेकाले कोटा बढाइदिन मन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए । “श्रम लिनका लागि हप्ता दशदिनसम्म कुर्नुपर्छ, हामी मन्त्रीज्युँसग आशावादी छौ,” ती सेवाग्राहीले भने ।

    मन्त्री श्रेष्ठले जनताको काम सहज र सरल तरिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले एकैदिनमा श्रम स्वीकृती दिने व्यवस्था मिलाउने आश्वासन समेत दिए । मन्त्री श्रेष्ठले बुधबार नै व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको पनि निरीक्षण गरेको प्रमुख स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।