काठमाडाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार ब्रिफिङ लिएपछि कर्मचारीलाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।
श्रममन्त्री श्रेष्ठले आफू श्रमजीविहरुको पक्षमा काम गर्नका लागि जिम्मेवारीमा आएको भन्दै त्यसका लागि सहयोग गर्न कर्मचारीलाई आग्रह गरे । श्रम गर्ने श्रमिकहरुको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षाको निम्ति काम गर्ने र त्यसमा कर्मचारीको तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेठलाई मन्त्रालयको बारेमा ब्रिफिङ गरेका थिए । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति थियो ।
यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले बिहीबार सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाश शम्सेर जङ्गबहादुर राणाले मन्त्री श्रेष्ठलाई सम्मान गरे । यसैगरी बिहीबार नै वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङ लगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।