प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    काठमाडाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम र आन्तरिक रोजगार कार्यक्रमबारे शुक्रबार मन्त्रालयमा जानकारी लिँदै मन्त्री श्रेष्ठले कार्यक्रमलाई प्रभावकारी बनाउँदै बेरोजगारलाई रोजगारी प्रदान गरिने बताए ।

    सात वटै प्रदेशका ७५३ स्थानीय तहमा उक्त कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा मन्त्री श्रेष्ठले छलफल गरेका हुन् । बेरोजगार युवायुवतीलाई देशभित्रै न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्न यो कार्यक्रम शुरु भएकाले लक्षित समूहलाई रोजगारी दिइने मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् प्राप्त उपलब्धिको विषयमा चासो राखेको सचिवालयले जनाएको छ ।

    मन्त्रालयले सबै स्थानीय तहमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकलाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्नेछ । त्यसका लागि स्थानीय तहले योजना छनौट गरेर उक्त योजनामा बेरोजगारलाई परिचालन गर्दै आएको छ ।

    कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ ।